कोरोनाका कारण युरोपको पहिलो ‘हाइप्रोफाइल’ राजनीतिज्ञको पनि निधन

युरोपको सबैभन्दा अनुभवी फ्रान्सका पूर्वमन्त्री प्याट्रिक डेभेडियानको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ। उनी ७५ वर्षका थिए। कोरोना भाइरस संक्रमणका कारण मर्ने उनी युरोपकै पहिलो ‘हाइप्रोफाइल’ राजनीतिज्ञ भएको बताइएको छ। 

उनी फ्रान्सका पूर्व राष्ट्रपति निकोलास सार्कोजीका मुख्य सल्लाहकार र पर्सियन जिल्ला प्रशासनका पूर्वअध्यक्ष पनि थिए। 

सन् २००८ मा आर्थिक संकटबाट फ्रान्सलाई बाहिर निकाल्दा उनी मन्त्री थिए। बुधबार मात्र उनी कोरोनाको संक्रमणमा भएको खबर बाहिरिएको थियो। उनले आफ्नो ट्वीटरमा लेखेका थिए, ‘म संक्रमणबाट प्रभावित भएको छ। त्यसैले म डाक्टर र नर्सको सिधा रेखदेखमा छु। सहयोगका लागि म उनीहरूलाई धन्यबाद भन्न चाहन्छु।’

प्याट्रिकको निधनप्रति उनका समकक्षीले तुरुन्त सवेदना जनाएका छन्। सन् १९८३ मा राजनीतिमा प्रवेश गरेपछि उनी थुप्र्रै पल्ट मन्त्री भए। उनी आन्टोनी शहरको मेयर पनि नियुक्त भए। फ्रान्समा हाल ३८ हजार कोभिड–१९ का संक्रमणकारी भेटिएका छन्। जसमा २३ सयको निधन भइसकेको छ। 

याे पनि

हामी सबै योद्धा हौं, लडौं कोरोनाविरुद्ध

बेरोजगार हुने डरले पलपल मृत्युसँग लडिरहेका छन्, युरोपमा बस्ने नेपालीहरू

मुम्बईमा अलपत्र नेपाली भन्छन्, ‘घरसम्म पुर्‍याइदेऊ – जग्गा बेचेर पैसा दिन्छम्’

प्रकाशित मिति: : 2020-03-30 04:40:47

प्रतिकृया दिनुहोस्