
बिएल संवाददाता
कोरोना भाइरसको त्रासले काम गर्न आएका २२ नेपाली मुम्बईमा अलपत्र परेका छन्। काम गर्ने होटल बन्द भए पछि ती नेपालीहरु बिचल्लीमा परेको स्थानीय पत्रकार अशोक कुमार शाहीले बिएल नेपाली सेवालाई जानकारी दिए।
एक सताअघि मात्रै मुम्बई आएर काममा लागेका दैलेख भैरवी गाउँपालिकाका मेहन्द्र न्यौपाने मुम्बई बदलापुरको एक चाइनीज होटलमा किचन हेल्पर र भाडा माझ्ने काम गर्थे। १९ वर्षिय न्यौपाने पहिलो पटक मुम्बई आएका हुन्। उनलाई न हिन्दी, न त मराठी भाषा नै आउँछ। आफू मुम्बईका लागि नयाँ भएको उनले बताए।
काम गर्ने होटलमा मालिकले सटर लगाएर हिँडेपछि उनी अलपत्र परेका हुन्। केही दिन मात्रै काम गरेको पैँसा पनि नपाएको उनले गुनासो गरे। यतिबेला महेन्द्रसँगै २२ जना नेपालीहरू कोरोनाको मारमा परेका छन्।
सात वर्षदेखि मुम्बईमा बसोबास गरिरहेकी हरिकला सुनार (पाल्पा) नेपाल जाने बाटो कुरेर बसिरहेकी छिन्। अहिले अलपत्र परेका २२ जनालाई आफ्नो कोठामा राखिरहेकी, उनको ग्यास सकिएको २ दिन भयो।
श्रीमान होटलमा काम गर्थे। होटल बन्द भएपछि, श्रीमान काम बिहिन बनेका छन्। हरिकलासँगै उनका २ बच्चासमेत छन्। श्रीमानको कमाईले गुजारा टारिरहेकी उनले, ती नेपालीहरुलाई सडकमा अलपत्र देखेपछि आफ्नो कोठामा ल्याएको बताइन्।
श्रीमान पनि कामबिहिन भएपछि उनको कोठामा आर्थिक संकट आइलागेको छ। ५ दिनदेखि उनीहरु पानी र बिस्कुटको सहारामा बाँचिरहेका छन्। ‘बुढालाई होटलले पैसा पनि दिएन। त्यसैमा २२ जना ल्याएर कोठमा राखेँ। रासन पनि सकियो, ग्यास पनि सकियो, पसलमा उधारो दिदैँन। पसलमै ८ हजार तिर्न बाँकी छ – हरिकलाले भनिन्।’
नेपालमा पनि आफ्नो घर नभएको बताइन्। ‘गाउँमा पुग्न पाए, जसोतसो आफन्तको सहारामा भए पनि बाँचिन्थ्यो, होला। यता त रोगले भन्दा भोगले नै मार्ने भयो – उनी भन्छिन्।’
आफूहरू बिचल्लीमा दिल्ली राजदूताबासमा पटक–पटक फोन गर्दा पनि नउठाएको उनीहरुले गुनासो गरे। ‘नेपाल सरकार छ कि छैन, दूतावासले फोनै उठाउँदैन। हामीहरु कहाँ बस्ने, के खाने कतिदिन यसरी रोएर बाँच्ने’ – उनीहरु भन्छन्।
आफूहरूलाई घरसम्म पुर्याइदिए, गाउँमा भएको जग्गा बेचेर भए पनि पैसा दिने महेन्द्र न्यौपाले बताए। सरकारले देशमा लिएर १ महिनासम्म राखे पनि आफूहरु बस्न तयार भएको लोकेश ढकालले बताए। ‘सरकारले नेपालको जुनसुकै ठाउँमा लिएर राखे पनि हामीहरु बस्न तयार छौं,’ उनले भने।
भारत सरकारले कोरोना नियन्त्रणका लागि धारा १४४ लागू गरेपछि भारतका सबै शहरहरु सुनसान बनेका छन्। मानिसहरु घर बाहिर निस्किन सक्ने अबस्था छैन। होटल, विद्यालय, कलकारखाना बन्द हुने यी क्षेत्रमा काम गर्ने लाखौं नेपालीहरु बढि मारमा परेका छन्।
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया