लकडाउनमा न्यायका लागि गुहार माग्दै एसिडपीडित मुस्कान {भिडियाे}

गत मंगलबार पर्सा अदालतले मुस्कान खातुनमाथि एसिड प्रहार गर्ने सामसाद आलमलाई साधारण तारेखमा रिहा गरेको छ। पीडित पक्षलाई जानकारी नै नगराइ सुधार गृहमा रहेका आरोपित मियालाई अदालतले रिहा गर्दा पैसाको चलखेलमा घटना दबाउन खोजिएको मुस्कानलगायत उनका अभिभावकले आरोप लगाएका छन्। 

पुरै देश लकडाउन भएको समयमा पीडित मुस्कानले घरभित्रबाटै सामाजिक संजालमार्फत् सम्पूर्ण देशवासीलाई न्यायको लागि गुहार्दै देशको कानूनमाथि प्रश्न गरेकी छिन्। उनले भनेकी छिन्,‘के हाम्रो देशको कानून कमजोर छ?,कि सरकारले मेरो दुखाई नबुझेको हो?’, खेल्ने, पढ्ने, रमाउने उमेरमा आज न्यायको लागी लड्दा साह्रै पीडा भएको मुस्कानको भनाइ छ। आफूले सरकारसँग न्याय मागेको र यसकालागि सम्पूर्ण देशवासीको साथ चाहिएको उनले बताएकी छिन्। 

वीरगञ्ज छपकैयाकी खातुनमाथि एसिड प्रहार भएसँगै मेयर विजय सरावगी, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सुरुवाति अवस्थामा आफ्नो छोरी सरह भएको भन्दै धेरै आश्वासन दिएको उनी सम्झिन्छिन्। तर अहिले एकजना दोषिलाई रिहाई गरेको र अर्काकाे रिहाईकालागि परिपञ्च रच्न सुरु गरेको उनको आरोप छ।  

मुख्यमन्त्री राउतसँग बारम्बार भेट्दा चिन्ता व्यक्त गर्ने तर आज आफू अन्यायमा पर्दा किन मौन बसेको भन्दै उनले प्रश्न गरेकी छिन्। उनले सांसद प्रदिप यादव, नेता रहबर अन्सारीलगायत समाजका अगुवाहरुलाई समेत यही प्रश्न गरेकी छिन्। मुस्कानले भनेकी छिन,‘म १४ बर्षिय नेपालकी छोरीले के न्याय पाउदिन्?’
 
मुस्कानले आफ्नो भिडियोमार्फत् भारतको निर्भया काण्डलाई जोड्दै प्रश्न गरेकी छिन्,‘ भारतीय न्यायधिशले निर्भयालाई न्याय दिलाए तर. के नेपालका न्यायधिसलाई कोरोना लागेको छ?,’ देशमा फेरि आफू जस्तै बालिकमाथि घटना दोहर्‍याउन न्यायधिसले दोषिलाई रिहाई गरेको उनले आराेप लगाइन्। 

दुई तिहाईको बहुमतको सरकारमा आफू देशको न्यायप्रति विश्वस्त रहेपनि सरकारले यसलाई गम्भिरता पूर्वक नलिएको उनको गुनासो छ। ‘देशका प्रधानमन्त्रीलाई मेराे अवस्थाको बारेमा पत्रमार्फत् जानकारी गराउदा पनि सरकार अन्धो बनेर बसेको छ,’ उनले भने,‘आजिवन पिडा दिने दोषिलाई सरकारले किन रिहाई गर्ने गर्छ?,के छोरीलाई स्वतन्त्र बाच्ने अधिकार छैन?’

 जीवन अलपत्रमा पार्ने अपराधीलाई खुल्ला रुपमा घुम्न छोडेर न्यायलयले आफ्नो घाउमाथि थप पीडा दिएको उनले दुखेसो पोखेकी छिन्।  

आज पनि आफ्नो अनुहार एेनामा हेर्दा त्यो घटनाको दिन सम्झेर मन डराउने गरेको उनी बताउछिन्। ‘ती अपराधिलाई रिहा गरे फेरि समाजमा अर्को घटना हुनेछ,’ उनले भने,‘यदि सरकारले कारवाही गर्न सक्दैन भने हाम्रो जिम्मा लगाउनुस् हामी सजाय दिन्छैां।’

प्रकाशित मिति: : 2020-03-30 14:15:43

प्रतिकृया दिनुहोस्