फिलिपिन्सका राष्ट्रपतिको निर्देशन: ‘लकडाउन उल्लंघन गरे गोली हान्‍नुहोस्’

एजेन्सी

काठमाडाै‌ं

फिलिपिन्सका राष्ट्रपति रोद्रिगो दुर्तेतेले लकडाउनका बेला ‘समस्या सिर्जना गर्ने’ लाई गोली हान्न प्रहरी र सेनालाई निर्देशन दिएका छन्।

बुधबार टेलिभिजनमार्फत सम्बोधन गर्दै मुलुकमा लगाइएको एक महिना लामो लकडाउन गरे गोलि हान्न निर्देशन दिएका हुन्।

राष्ट्रपति दुर्तेतेको यस्तो चेतावनी राजधानी मनिलाको क्वेजोन क्षेत्रका सुकुम्बासीहरुले सरकारविरुद्ध खाना र राहतका सामग्री माग्दै प्रदर्शन गरेपछि आएको हो। सुरक्षा अधिकारीहरुले सुकुम्बासी बस्तीका नागरिकलाई घरभित्र जान अनुरोध गरेपछि उनीहरुले प्रदर्शन गर्दै आइरहेका छन्। प्रहरीले २० भन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेको पनि जानकारी दिएको छ।

राष्ट्रपति द्रुतेतेले सरकारले लागू गरेको क्वारेन्टाइनको मापदण्डको सबैलाई पालना गर्न आग्रह गर्दै हुलहुज्जत र नियम नमान्नेलाई गोली हान्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

‘यो सबैलाई चेतावनी हो। यस्तो कठिन समयमा सरकारले भनेको मान्नुहोस्। ‘स्वास्थ्य कर्मचारी, चिकित्सक र अरु कसैलाई पनि बाधा पुग्ने खालका काम नगर्नुस्, त्यो गम्भीर अपराध हो। म प्रहरी र सेनालाई निर्देशन दिन्छु कि जसले बाधा अवरोध सिर्जना गर्छ तिनहरुको जीवन खतरामा छ, तिनीहरुलाई गोली हान्नुहोस्। ‘सरकारलाई डर नतर्साउनुस्, सरकारलाई चुनौती नदिनुस्, तपाईँले आफ्नो जीवन गुमाउनुहुनेछ,’ राष्ट्रका नाममा गरेको सम्बोधनमा उनले भने।

स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार बिहीबार दिउँसोसम्म फिलिपिन्समा २ हजार ३ सय ११ जनामा कोरोना भाइरसको सक्रमण पुष्टि भएको छ। त्यस्तै कोरोना संक्रमणबाट ९६ जनको मृत्यु भएको छ।

प्रकाशित मिति: : 2020-04-02 13:54:08

प्रतिकृया दिनुहोस्