मध्यपुर थिमिका विपन्न परिवारलाई खाद्यान्न वितरण

निरज बाडे

भक्तपुर

मध्यपुर थिमि वडा नम्वर २ ले राहत वितरण गरेको छ।  ‘लकडाउन’का कारण दैनिक हातमुख जोर्ने समस्या भएका गरिब तथा विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेको हो।

वडाले करिब ५ सय विपन्न परिवरलाई शनिबार खाद्यान्न वितरण गरेको हो। सरकारले कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि लागू गरेको लकडाउनबाट प्रभावित भएका दैनिक ज्याला मजदूरी गर्ने गरिव तथा विपन्न परिवारलाई खाद्यान्नको सङ्कट परेसँगै राहत वितरण गरिएको अध्यक्ष राम थापा मगरले बताए।

उनका अनुसार मध्यपुर थिमि नगरपालिकाको आकस्मिक बैठकले प्रत्येक वडालाई राहत बाढ्न ५ लाख बराबरको रकम छुट्टाएको छ।

‘नगरपालिकाले छुट्टाएको रकम अनुसार हामीले राहत वितरण गर्दै आइरहेका छौं,’उनले भने,‘उक्त रकमबाट लडाउनबाट प्रभावित सडकमा रहेका विपन्न, रोजगारविहीन, असक्त, अपाङ्गता भएका व्यक्तिहरुलाई खाद्य सामग्री वितरण गर्दै आइरहेका छौं।’


 

प्रकाशित मिति: : 2020-04-05 09:19:25

प्रतिकृया दिनुहोस्