जुन भाग कमजोर, त्यहीँ कोरोनाको दोस्रो हमला

अनलाइनखबर

काठमाडौँ

सन्त गाहा मगर

आइतबारदेखि नेपाल कोरोना (कोभिड–१९) भाइरस महामारीको दोस्रो स्टेजमा प्रवेश गरेको छ । कैलालीकी ३४ वर्षीय एक महिलामा संक्रमण देखिएसँगै नेपाल यो महामारीको दोस्रो स्टेजमा प्रवेश गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा बताउँछन् ।

विदेशबाट आएर कोरोना संक्रमण पुष्टि भएका युवककी भाउजू कोरोना भाइरस देखिएको हो । नेपालमा संक्रमण पुष्टि भएका बाँकी आठै जना भने विदेशबाट आएका थिए । दोस्रो स्टेज सुरु भएको सुदूरपश्चिम क्षेत्र जनस्वास्थ्यको दृष्टिले निकै कमजोर मानिन्छ ।

प्रकाशित मिति: : 2020-04-06 08:23:46

प्रतिकृया दिनुहोस्