कोरोनाभाइरस: महामारीको त्रासका कारण नेपालमा पनि 'अन्धविश्वास बढिरहेको छ'

बिबिसी

काठमाडाै‌ं

कोरोनाभाइरस महामारीको त्रास फैलिएको बेला नेपालीहरूले पनि पूजापाठबाहेक घरको मूलढोका अगाडि आँगन खनेर त्यहाँबाट निस्किने कालो माटोको टीका लगाउने, बत्ती बाल्ने तथा शङ्घ र घण्ट बजाउने जस्ता गतिविधिहरू गरिरहेको भन्दै सामाजिक सञ्चालमा चर्चा भइरहेको छ।

कतिपयले त्यसो गर्दा लाभ हुने कुनै वैज्ञानिक आधार नभएको भन्दै त्यसो गर्नेलाई "अन्धविश्वासी" भनिरहेका छन् भने कतिले त्यसको प्रतिरक्षा पनि गरेका छन्।

केहीले भने रोग नियन्त्रणका लागि सरकारले अत्यावश्यक काममा बाहेक अरू बेला घरमै बस्नु भनेकाले बढ्दो मानसिक तनाव कम गर्न "त्यस्ता गतिविधिमा सहभागी लिएको" प्रतिक्रिया जनाएका छन्।

विज्ञहरूले भने विश्वभरि कोरोनाभाइरससँग जोडेर विभिन्न खाले मिथ्या कुराहरू फैलाउने क्रम बढेको भन्दै नेपालमा भइरहेका यी गतिविधिलाई पनि त्यस्तै क्रियाकलापसँग जोडेर हेर्नुपर्ने बताएका छन्।

नेपालमा कस्ता क्रियाकलाप

सामाजिक सञ्जालमा कोरोनाभाइरस सङ्क्रमण सुरु भएदेखि नै मानिसहरूले विभिन्न धार्मिक अनुष्ठान गरेका तस्बिर र भिडिओहरू सार्वजनिक भइरहेका छन्।

केहीअघि नेपालकै कतिपय स्थानमा कोरोनाभाइरस नेपालमा भित्रिन नदिन भन्दै यज्ञ र पूजाआजा गरिएका भिडिओ सार्वजनिक भएका थिए।

प्रकाशित मिति: : 2020-04-07 16:34:46

प्रतिकृया दिनुहोस्