ट्वीटरका सीईओ ज्याक डोर्सीले कोरोनाविरुद्ध लड्न एक अर्ब डलर सहयोग गर्ने

बिएल संवाददाता

काठमाडाै‌ं

सामाजिक सञ्जाल ट्वीटरका सीईओ ज्याक डोर्सीले कोरोना भाइरसविरुद्ध लड्न एक अर्ब डलर सहयोग गर्ने भएका छन्। 

डोर्सीले मंगलबार ट्वीटरमार्फत आफूले कोरोना भाइरसविरुद्ध लड्न स्टार्ट स्मल एलएलसी कोष स्थापना गरेको बताएका छन्।

स्क्वायर इंकका पनि सीईओ रहेका उनले यसमा एक अर्ब डलर जम्मा गरिएको बिजनेस इनसाइडरमा उल्लेख छ। यो उनको समग्र सम्पत्तिको २८ प्रतिशत हो। कोरोनाको महामारी सकिएपछि यो कोषको प्रयोग बालिकाको स्वास्थ्य र शिक्षाका साथै विश्वव्यापी न्यूनतम आम्दानीलगायतका क्षेत्रमा गरिने उनको भनाइ छ।

डोसीले विश्वभर देखिएको दीर्घकालीन समस्या समाधानको लागि विश्वव्यापी न्यूनतम आम्दानी र बालिकाको स्वास्थ्य तथा शिक्षा निकै आवश्यक रहेको उनको भनाइ छ।
 

प्रकाशित मिति: : 2020-04-08 12:39:36

प्रतिकृया दिनुहोस्