बेलायतमा आत्महत्याको कीर्तिमान, तीन महिनामा १४ सयबढीले ज्यान गुमाए

एक त कोरोना संक्रमणका कारण खराब बन्दै गएको अवस्था त्यसमा पनि अर्को घटनाले ‘कहिल्यै सूर्य नअस्ताउने देश’ को उपमा पाएको बेलायतको हालत झन् खराब हुँदै गएको छ। बेलायतमा यो तीन महिनाको अवधिमा मात्र आत्महत्या गर्नेको कीर्तिमान बनेको छ। बेलायतको राष्ट्रिय तथ्यांक विभागले जारी गरेको रिपोर्टमा पछिल्लो तीन महिनामा १४ सय बेलायतीले आत्महत्या गरेका छन्। यसमा महिलाको संख्या उच्च रहेको र पुरुषमा पनि ५० वर्ष नजिक रहेका बढी भएको बताइएको छ। 

तथ्यांक विभागले जारी गरेको रिपोर्ट अनुसार पछिल्लो १९ वर्षको दौरान आत्महत्या गर्नेको संख्यामा कीर्तिमान बनेको हो। यसमा पछिल्लो दुई वर्षभित्र हात्महत्या गर्नेको संख्या २५ प्रतिशतले बढेको छ। बेलायतको उत्तरपूर्वमा आत्महत्या गर्नेको संख्या उच्च छ। यो तीन महिनाभित्र १४ सय १३ जनाले आत्महत्या गरेका छन्। सन् २०१९ भित्र आत्महत्या गर्नेको संख्या ३९ सय ३२ थियो। 

तथ्यांक अनुसार ५० देखि ५४ बीचको मानिसको समूहमा आत्महत्याको सम्भावना बढेर गएको देखिन्छ। उत्तरपूर्व बेलायतमा आत्महत्या गर्नेको संख्या १ लाख व्यक्तिमा १२ दशमलव ८ प्रतिशतले बढेर गएको देखिन्छ। जुन लन्डनमा ८ दशमलव ४ प्रतिशतभन्दा उच्च हो। 

कोरोना भाइरसका कारण ‘आइसोलेसन’ मा बसेका बेलायतीमा डिप्रेसनको सम्भावना बढ्न सक्ने साथै आत्महत्याको घटनामा पनि बृद्धि हुन सक्ने चेतावनी विज्ञहरूले दिइरहेका छन्। कोरोनाका कारण अस्पतालमा काम गर्ने नर्सहरूमा मनोवैज्ञानिक समस्या देखिन थालेको पनि बताइएको छ। 
 

प्रकाशित मिति: : 2020-04-09 06:20:04

प्रतिकृया दिनुहोस्