कोरोना संक्रमितको उपचारमा खटिएका भारतीय चिकित्सकको मृत्यु

बिएल संवाददाता

नयाँदिल्ली, हिन्दीब्यूराे

भारतको मध्यप्रदेशस्थित इन्दौरमा कोरोना भाइरसबाट संक्रमित एक  चिकित्सकको मृत्यु भएको छ।

स्वास्थ्य विभागका अधिकारी डा प्रवीण जडियाका अनुसार डा शत्रुधन पञ्जवानीको बिहीबार मृत्यु भएको हो। 

उनका अनुसार पञ्जवानीमा केही दिन पहिला कोरोना संक्रमणको परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । त्यसयता उनको उपचार भइरहेको र थप उपचारका लागि अरविन्दो अस्पतालमा सिफ्ट गरिएको थियो ।

कोरोना संक्रमितको उपचारमा सक्रिय रहेका डा पञ्जवानीमा बिरामीको उपचारको क्रममा संक्रमण सरेको अनुमान गरिएको छ।

मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले कोरोना ज्यान गुमाएका चिकित्सकलाई श्रद्धाञ्जली अपर्ण गरेका छन् ।

बिहीबार मध्याह्नसम्मको भारतमा सङ्क्रमितहरुको संख्या ५ हजार नाघेको छ ।

गएको २४ घन्टा भित्रमात्र मृत्यु हुनेको संख्या १७ रहेको छ । भारतमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या १६६ जना पुगेको छ ।

प्रकाशित मिति: : 2020-04-09 13:51:34

प्रतिकृया दिनुहोस्