अमेरिकामा कोभिड–१९ को उपचार गरिरहेकी नर्सको अनुभव- 'शुरूमा डर लाग्थ्यो, अहिले लाग्दैन'

देखापढी

काठमाडौँ

अम्बु पोखरेल

म अमेरिकाको टेनेसी राज्यस्थित न्यासबेल शहरमा रहेको भ्याडर्विक युनिभर्सिटी एन्ड मेडिकल सेन्टरमा नर्सका रूपमा कार्यरत छु। १५ वर्ष भयो नर्सिङ पेशामा आबद्ध भएको। सन् २०१५ देखि यो अस्पतालमा काम गर्न थालेकी हुँ। अमेरिकाको न्यूयोर्कमा कोभिड–१९ का संक्रमित धेरै भए पनि म बसेको राज्य पनि अछुतो छैन।

यो राज्यमा चार हजार भन्दा धेरैमा कोरोना भाइरस संक्रमण देखिएको छ। म कार्यरत अस्पतालमा पनि ५० जना संक्रमितको उपचार भइरहेको छ। तीनजनाको त निधन भइसकेको छ। शुरूमा वृद्धवृद्धा र दीर्घरोगीलाई यो रोगको जोखिम बढी हुन्छ भनिन्थ्यो। तर, अहिले आफैं उपचारमा संलग्न भएपछि थाहा भयो, यो रोगले सबै उमेर समूहका मानिसलाई संक्रमण गर्दोरहेछ।

अस्पतालमा भर्ना भए बाहेक पनि सुख्खाखोकी, उच्चज्वरो जस्ता संकेत देखिएका बिरामी पनि आउँछन्। कोरोना भाइरस संक्रमण भएको हुनसक्ने भएकाले उनीहरूको उपचारका लागि बेग्लै टोली बनाइएको छ। म त्यही टोलीमा सामेल छु।

प्रकाशित मिति: : 2020-04-13 07:41:40

प्रतिकृया दिनुहोस्