साइप्रसबाट नेपालीको अनुरोध- सरकार जहाज पठाइदेऊ, घर फर्कन्छौँ

अनलाइनखबर

 बार्सिलोना

वसन्त रानाभाट

महिना बितेपछि घर भाडा कसरी तिर्ने ? पैसा सक्किसक्यो के खाने ? कलेज, युनिभर्सिटीको फी तिर्न बाँकी नै छ । साइप्रसमा अध्ययनका लागि आएका नेपाली विद्यार्थीहरु अहिले यस्तै मानसिक तनावमा छन् ।

राजेन्द्र कुमार मोक्तान आठ महिनाअघि मात्रै झण्डै १० लाख रुपैयाँ खर्च गरेर साइप्रसमा अध्ययन गर्न आएका थिए । कोरोनाको महामारीसँगै गरिएको लकडाउनले उनलाई साइप्रसमा टिक्न सकिँदैन कि जस्तो लागेको छ । त्यसैले साइप्रसमा तनाव लिँदै बस्नुभन्दा तत्काल नेपाल फर्कन चाहान्छन् उनी ।

प्रकाशित मिति: : 2020-04-15 08:07:14

प्रतिकृया दिनुहोस्