‘दोस्रो चरणको लकडाउनपछि समस्या बढेरै जाने देखियो’

लकडाउन खुलेपछि के गर्ने ? यस्तो छ– अर्थमन्त्रीको योजना

अनलाइनखबर

काठमाडौं

४ वैशाख, काठमाडौं । केपी ओली नेतृत्वको सरकारमा अलिकति, यताउता काम गरेजस्तो देखिने मन्त्री भनेकै अर्थमन्त्री डा. युवराज खतिवडा हुन् । अर्थमन्त्रालयको साँचो उनकै हातमा छ । गोकुल बास्कोटाको बहिर्गमनपछि उनले सरकारका प्रवक्ताको जिम्मेवारी पनि सम्हालेका छन् । र, उनी नियमित रुपमा मिडियामा देखिइरहन्छन् ।

बाँकी मन्त्रीहरु लकडाउनमा ‘अर्धभूमिगत’ जस्तै प्रतीत हुन थालेका छन् ।

कोरोनाको संकटले मुलुकका पारेको सबैभन्दा ठूलो प्रभाव अर्थतन्त्रमै हो । अर्थतन्त्रलाई बुझेका भनिएका मन्त्री खतिवडाले यस्तो बेलामा देशलाई कसरी अघि बढाउने सोचेका होलान् ? व्यवसायीहरुमा मात्र होइन, आम मानिसमा यसबारे चासो बढेको छ ।

प्रकाशित मिति: : 2020-04-16 22:47:37

प्रतिकृया दिनुहोस्