प्रिमियर लिगका सबै खेल पूरा गर्न सबै क्लब सहमत

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना भाइरसको महामारीका कारण रोकिएका इंग्लिस प्रिमियर लिग फुटबलका सबै खेलाहरु जसरी भए पनि पूरा गर्ने लक्ष्यमा क्लबहरु रहेका छन् ।

लिगका क्लबहरुबीच शुक्रबार भएको छलफलमा बाँकी ९२ खेल पूरा गर्ने पक्षमा रहे पनि त्यसको मिती भने तय गरेका छैनन् ।

रोकिएका खेलहरु कहिलेदेखि सुरु गर्ने भन्ने विषयमा छलफल हुनै बाँकी छ । आउँदो जुन ३० मा लिग सक्ने गरी खेल गर्ने तयारीमा क्लबहरु छन् ।

कोरोना भाइरसको महामारीका कारण गएको मार्च १३ देखि प्रिमियर लिगका खेलहरु बन्द रहेका छन् ।
 

प्रकाशित मिति: : 2020-04-18 06:24:37

प्रतिकृया दिनुहोस्