अर्थमन्त्रीको आग्रह : भोकले मान्छे मर्छ भन्ने हामीलाई पनि थाहा छ, तलब थाप्नेले किनेर खानोस्

अनलाइनखबर

काठमाडाै‌ं

अर्थमन्त्री डा. युवराज खतिवडाले भोकबाट मान्छे मर्छ भन्ने कुरा सरकारलाई पनि थाहा भएको बताएका छन् ।

राहतको लाइनमा सबै मान्छेहरु पुगेपछि पाउनुपर्नेले राहत नपाउने र नपाउनुपर्नेले पाउने स्थिति भइरहेको बताउँदै मन्त्री खतिवडाले भने, ‘नागरिकमा पनि यो चेतना चाहिन्छ ।’

चैत महिनाको तलब थाप्नेहरुलाई बजारबाट किनेर खान अर्थमन्त्री खतिवडाले सुझाव दिएका छन् । दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई मात्र राहतको लाइनमा बसिदिन उनको अनुरोध छ ।

चेम्बर अफ कमर्सका पदाधिकारीसँगको भेटमा आइतबार अर्थमन्त्री खतिवडाले भने, ‘रोगबाट मात्रै मान्छे मर्दैन, भोकबाट पनि मान्छे मर्छ भन्ने कुरा सरकारलाई राम्रो थाहा छ । हामीलाई धेरैले सिकाइरहनुभएको  छ, हामीलाई पनि थाहा छ ।’

प्रकाशित मिति: : 2020-04-19 20:56:23

प्रतिकृया दिनुहोस्