तातोपानीबाट शव टेक्दै काठमाडौं आइपुगेको त्यो यात्रा

देखापढी

काठमाडौँ

बालकृष्ण दाहाल

आज १२ वैशाख। क्यालेन्डरमा आजको दिन देख्नासाथ २०७२ को महाभूकम्प र त्यसले निम्त्याएको त्रासदीपूर्ण क्षण आँखै अगाडि आउँछ। सम्झिँदा पनि आङ जिरिंग हुन्छ। त्यसो त महाभूकम्पका हरेकका आ–आफ्नै सम्झना होलान्। कतिले आफन्त गुमाउनुपर्‍यो। कति आफैं घाइते बने। हजारौंका घर भत्किए। ती सबैको आफ्नै कथा होलान्। र, छ मेरो पनि।

भूइँचालोेपछि शव टेक्दै आफूसँगैका साथी गुमाउँदै पुनर्जन्म लिएर सिन्धुपाल्चोकको तातोपानीदेखि काठमाडाैं घरसम्म आइपुग्दाको त्यो यात्रा सम्झिँदा कुनै दर्दनाक फिल्मको दृश्य जस्तै लाग्छ।

१२ वैशाख २०७२ को बिहान ठिक ११ः१५ बजे तातोपानीस्थित मानसरोवर बोर्डिङ्ग स्कुलमा फिस्टेल एअरको हेलिकप्टर आएर बस्यो। लोकेसन बिराएको हेलिको पाइलटले मलाई सोधे– ‘ह्वेयर इज कोदारी ?’
म त्यही हेलिकप्टर चढेर उनीहरूलाई कोदारी पुर्‍याउन गएँ।

प्रकाशित मिति: : 2020-04-24 20:36:10

प्रतिकृया दिनुहोस्