वीरगञ्जमा लगातार ३ पटक आरडिटी टेष्ट पोजिटिभ देखिएकी युवतीको मृत्यु

वीरगञ्जमा लगातार ३ पटक गरिएको आरडिटी टेष्टको रिपोर्ट पोजिटिभ देखिएकी एक युवतीको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर १० अशोकवाटिकाकी २३ वर्षिया युवतीको आइतबार बिहान मृत्यु भएकाे हाे।

शनिबार तराई हस्पिटलमा कोरोना संक्रमणको आशंकामा युवतीको आरडिटी टेष्ट गर्दा रिपोर्ट पोजिटिभ आएपछि अर्काे पटक पनि रिपोर्ट पोजिटिभ आएकाे थियाे।

लगातार रिपोर्ट पोजिटिभ आएपछि शनिबार राति नारायणी अस्पतालबाट गएका स्वास्थ्यकर्मीको टोलीले पनि युवतीको आरडिटी टेष्ट गरेको थियो।

तेश्रो पटकको टेष्ट रिपोर्ट पनि पोजिटिभ नै आएपछि युवतीलाई आइतबार बिहान १ बजेतिर तराइ हस्पिटलबाट नारायणी अस्पताल ल्याउने क्रममा मृत्यु भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए। 

उनी ब्लड क्यान्सरले ग्रसीत रहेकाे र चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार हुँदै आएको पनि खुलेकाे छ। 

'केश शंकास्पद देखियो, यकीन गर्न स्वाबको नमूना संकलन गरी पीसीआर परीक्षणका लागि हेटौँडाको प्रयोगशालामा आइतबार बिहान पठाएका छौं' मेसु उपाध्यायले भने। 

युवतीको शव अहिले नारायणी अस्पतालमै छ। 

प्रकाशित मिति: : 2020-04-26 10:29:16

प्रतिकृया दिनुहोस्