साना व्यवसायीलाई कर छुट दिऔं, खर्च क्षमता बढाऔं

अनलाइनखबर

काठमाडौँ

रामेश्वर खनाल, पूर्व अर्थसचिव

कोरोनाले पारेको प्रभावबारे धेरै चर्चा भइसकेको छ र भइरहेको छ । हाम्रा साना–मझौला उद्योगहरू यसबाट धेरै प्रभावित छन् । पर्यटन उद्योग त सबैभन्दा मारमा छ नै ।

पहिलो कुरा हामीले यो सकंटबाट अन्तरमुखी र बन्द अर्थतन्त्र ठीक रहेछ भन्ने गलत पाठचाहिँ सिक्नु हुँदैन । बाहिरी संसारसँग भरपर्दा दुःख हुने रहेछ भन्ने खालको सिकाइ ग्रहण गर्न हुँदैन ।

कोभिड–१९ कै संक्रमणले जहाँसुकै संकट आउँदा पनि हामीलाई त्यसको प्रभाव पर्दोरहेछ भन्ने देखायो । यस्तो असर प्रत्यक्ष रुपमा पनि पर्दोरहेछ । अप्रत्यक्षरुपमा पहिल्यैदेखि परेकै पनि थियो । त्यसैले हामी खुला रहनैपर्छ ।

तर खुला रहँदारहँदै पनि हाम्रो अर्थतन्त्रलाई यस्ता धक्काहरूबाट कसरी मुक्त गराउने भन्नेमा ध्यान दिनुपर्ने हुन्छ । आगामी बजेटले यो संकटबाट पार लगाउने मात्रै हैन, आगामी दिशा तय गर्न केही नीतिहरू प्रस्तुत गर्नुपर्ने आवश्यकता छ ।

प्रकाशित मिति: : 2020-04-26 11:18:53

प्रतिकृया दिनुहोस्