जेफ्रा आर्चरले विश्व कप जितेको मेडल हरायो

कोरोनाले त्राहिमाम मच्चाएको बेलायत यति बेला लकडाउनको अवस्थामा छ। तर, एक इंग्लिस क्रिकेटरले भने लकडाउनकै अवस्थामा गत वर्ष आफूले जितेको विश्व कप क्रिकेटको मेडल भने गुमाएका छन्। 

आफ्नो उत्कृष्ट बलिङको धारले इंग्ल्याण्डलाई पहिलो पल्ट विश्व विजेता बनाउन योगदान गरेका जोफ्रा आर्चरले घर सर्ने बेला मेडल गुमाएका हुन्। उनी विगत महिनादेखि हराएको आफ्नो मेडल खोजिरहेका छन्। तर, हालसम्म नभेटेपछि उनले यो कुरा सार्वजनिक गरेका हुन्। 

लर्डसमा भएको फाइनलमा इंग्ल्यान्डले ‘बाउन्ड्री काउन्ट’ को नियमको आधारमा उपाधि जितेको थियो। यो विश्व कपमा उनले सबैभन्दा बढी २० विकेट लिएका थिए। आर्चरले केही समयअघि घर परिवर्तन गरेका थिए। उनले पहिलेको घरमा जितेको मेडल एउटा फोटोको अगाडि टाँगेका थिए। 

उनले बीबीसी रेडियो ५ लाइभलाई अन्तर्वार्ता दिने क्रममा भने, ‘मैले मेडल एउटा तस्वीरमाथि टाँगेको थिए। जुन फोटो मलाई कसैले उपहारको रुपमा दिएको थियो। तर, म अर्को फ्लाटमा सर्दा तस्वीर पार्खालमा टाँगिएको छ तर मेडल छैन। मैले घरको सबै ठाउँमा खोजी सके तर भेटाएको छैन।’

क्यारेबियाली मूलका तीब्र बलरले आफूले पागल जस्तै मेडल खोजिरहेको बताए। पछिल्लो महिना उनी बारबाडोसबाट मात्र बेलायत फर्किएका थिए। 
 

प्रकाशित मिति: : 2020-04-26 12:46:04

प्रतिकृया दिनुहोस्