कोरोनाले मर्दिन भन्थ्यौ साथी…

अनलाइनखबर

काठमाडौँ

अमेरिकाजस्तो सुविधासम्पन्न ठाउँ, जहाँ संसारकै ठूला अस्पताल, उत्कृष्ट चिकित्सक र स्वास्थ्य सुविधाहरु छन् । त्यही अमेरिकामा आज मानिसहरुले उपचार नपाएर मर्ने अवस्था आएको छ, कोरोनाको महामारीले गर्दा ।

गत १५ अप्रिलमा न्यूयोर्कमा एक नेपाली युवाको आफू बसेको अपार्टमेन्टमै मृत्यु भयो । करिब एक महिना अगाडिदेखि कोरोना संक्रमण भएका उनी बारम्बार प्रयास गर्दा पनि अस्पताल भर्ना हुन सकेनन् । अघिल्लो दिन घरमै आएको एम्बुलेन्सले पनि उनलाई अस्पताल लैजान मानेन । भोलिपल्ट बिहान उनी मृत भेटिए ।

प्रकाशित मिति: : 2020-04-26 14:42:56

प्रतिकृया दिनुहोस्