लकडाउनमा खोप सेवा: कतै शुरू, कतै अन्योल

देखापढी

काठमाडौं

सुनीता साखकर्मी

 गत फागनुमा सर्लाही नवलपुरकी सरस्वती घिमिरेले छोरा जन्माइन्। बच्चालाई जन्मनेबित्तिकै लगाउनुपर्ने बीसीजी खोप सर्लाही अस्पतालमा लगाइएन। चिकित्सकले नजिकैको स्वास्थ्य संस्थामा गएर ४५ दिनभित्र बच्चालाई खोप लगाइदिन भनेर पठाए। तर, कोभिड-१९ संक्रमणको जोखिमका कारण सर्लाहीका स्वास्थ्य संस्थामा सञ्चालित खोप सेवा प्रभावित बनेपछि उनले बच्चालाई खोप लगाइदिन पाइनन्।

अहिले सर्लाही मात्रै नभएर देशका अधिकांश क्षेत्रमा खोप सेवा प्रभावित बनेको छ। सरस्वतीले कतै किनेर भए पनि छोरालाई खोप लगाइदिन सकिन्छ की भनेर प्रयास नगरेकी होइनन्। तर, त्यो पनि भेटिएन। उनी भन्छिन्, “अरू गाउँमा लगाएको भए त्यतै गएर लगाइदिनुपर्ला भनेर आफन्तहरूसँग पनि सोधखोज गरें। कतै रहेनछ। एकदमै चिन्ता लागेको छ।”

खोप सेवा प्रभावित भएपछि सरस्वतीजस्तै अन्य आमाहरू पनि चिन्तित भएका छन्। विश्वव्यापी महामारी बनेको कोभिड-१९ को संक्रमण नेपालमा पनि देखिन थालेपछि सर्लाही मात्रै नभएर देशभर खोप सेवा प्रभावित बनेको छ। बीचमा केही समय खोप सेवा रोकिएपछि पछिल्लो समय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप सेवालाई निरन्तरता दिने प्रयास भने शुरू गरेको छ।

प्रकाशित मिति: : 2020-04-26 15:18:49

प्रतिकृया दिनुहोस्