लेखा समितिले ओम्नी समूहसँगको स्वास्थ्य सामाग्री खरिदबारे छानबिन थाल्यो

बिएल संवाददाता

काठमाडाै‌ं

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले विवादास्पद ओम्नी समूहसँग स्वास्थ्य सामाग्री खरिद गर्दा भएको भनिएको अनियमिताबारे छानविन थालेको छ।

कोरोना भाइरसको उपचारका लागि स्वास्थ्य सेवा विभागले ‘ओम्नी विजनेश कर्पोरेट इन्टरनेशनल’सँग स्वास्थ्य सामाग्री खरिदको सम्झौता गरेको थियो।

तर विना प्रतिस्पर्धा महंगो मूल्यमा खरिद गरेको भनेर प्रश्न उठेपछि सरकारले हतारहतार सम्झौता रद्द गरिएको थियो।

यसबारे छानविन गर्न आवश्यक देखिएको लेखा समितिको ठहर छ। समितिले यसका लागि खरिद प्रक्रियामा भएको सबै कागजपत्र सात दिनभित्र उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई पत्र काटेको छ।

प्रकाशित मिति: : 2020-04-26 16:26:22

प्रतिकृया दिनुहोस्