कोरोनालाई जितेका चार संक्रमितलाई फुलमाला लगाएर विदाई गरियाे (फाेटाे/भिडियाे) 

कोरोना भाइरसलाई जितेर वीरगञ्जको नारायणी अस्पतालमा भर्ना भएका चार जना संक्रमित आइतबार अपरान्ह निको भएर डिस्चार्ज भएका छन्। उनीहरुलाई अपरान्ह ५ बजे पत्रकार सम्मेलन गरी विदाई गरिएको हो। 

नारायणी अस्पताल वीरगञ्जका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायसहित अस्पतालका कोरोना संक्रमणको उपचार गर्न खटिएका चिकित्सक निरज सिंह, उद्धय नारायण सिंह लगायतको स्वास्थ्यकर्मीको टोलीले फुलमाला लगाई विदाई गरेको छ। 

सक्रमितहरुको लगातार तेश्रो र चौथो पटकको पिसिआर रिपोर्ट कोरोना नेगेटिभ आएपछि उनीहरुलाई अस्पतालबाट डिस्चार्ज गरिएको डा. उपाध्यायले बताए। 

कोरोनालाई जितेर डिस्चार्ज हुनेमा रौतहटका १९ वर्षीय युवक र ३ जना भारतीय नागरिक रहेका छन। रौतहटका युवक बैशाख २ गतेदेखि नारायणी अस्पतालको आइसोलेशनमा उपचारत थिए भने भारतीय तिन नागरिक मुस्लिम धर्मका जमातिहरु चैत्र २९ गते संक्रमित भएको पुष्टि भएपछि अस्पतालमा भर्ना भएका थिए।  

रौतहटका युवकलाई अभिभावकको जिम्मा लगाईएको छ भने भारतीय नागरिकहरुलाई मुस्लिम आयोगका प्रतिनिधिको जिम्मा लगाइएकोमेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले बताए। 

भारतीय जमातिहरु नारायणी अस्पतालको आइसोलेशनमा भर्ना भएको १५ दिन पछि निको भएरु डिस्चार्ज भएको र रौतहटका युवक १२ औं दिनमा निको भई घर गएका छन्। 

थप दुई कोरोना संक्रमित भेटिए


वीरगञ्जको छपकैयाबाट आज थप दुईजना संक्रमित फेला परेका छन्। वीरगञ्ज महानगरपालिका वडा नं २ र ३ निवासी  दुवै जना पुरुषको पिसिआर रिपोर्ट पोजिटिभ आएपछि दुवै जनालाई वीरगञ्ज नारायणी अस्पतालको आइसोलेशनमा राखिएको छ। 

कोरोना संक्रमित हुनेमा एकजना वीरगञ्ज महानगरपालिकाको सरसरफाइ शाखामा कार्यरत कर्मचारी नै भएकोे नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदत उपाध्यायले जानकारी दिए। उनले चार दिन अगाडि छपकैमा सङ्कलन गरिएको ५२ जनाको स्वाबको नमूना जाँचका लागि काठमाडाैंको टेकु पठाइएकामा सोमध्ये दुईजना पुरुषको रिपोर्ट पोजिटिभ आएपछि दुवै जनालाई आइसोलेशनमा राखी उपचार शुरु गरिएको बताए। 

वीरगञ्जका ४ जनाले कोरोना भाइरसको संक्रमण जितेरसँगै कोरोनाबाट संक्रमित ५२ मध्ये १६ जना निको भएर घर फर्किएका छन्।

वीरगञ्जमा मृत्यु भएकी युवतीको पीसीआर टेष्ट नेगेटिभ


नारायणी अस्पतालमा मृत्यु भएकी युवतीको पीसीआर टेष्टको नतिजा नेगेटिभ आएको छ। लगातार ३ पटक गरिएको आरडिटी टेष्टको रिपोर्ट पोजिटिभ देखिएकी वीरगञ्ज महानगरपालिका वडा नम्बर १० अशोकवाटिकाकी २३ वर्षिया युवतीको आइतबार बिहान मृत्यु भएकाे थियाे।

शनिबार तराई हस्पिटलमा कोरोना संक्रमणको आशंकामा युवतीको आरडिटी टेष्ट गर्दा रिपोर्ट पोजिटिभ आएपछि अर्काे पटक पनि रिपोर्ट पोजिटिभ आएकाे थियाे।

लगातार रिपोर्ट पोजिटिभ आएपछि शनिबार राति नारायणी अस्पतालबाट गएका स्वास्थ्यकर्मीको टोलीले पनि युवतीको आरडिटी टेष्ट गरेको थियो।

आज प्रकाशित वीरगञ्जका केही समाचारहरु—

१) वीरगञ्जमा उपचाररत ४ कोराेना संक्रमित आज डिस्चार्ज हुँदै

२) ३५ काेराेना संक्रमित उपचाररत, वीरगञ्जमा उपचार गराइरहेका चार जना घर फर्किए

३) काेराेना संक्रमितकाे संख्या ५१ पुग्याे, वीरगञ्जमा थप २ मा पुष्टि

४) थप दुई काेराेना संक्रमित नारायाणी अस्पतालमा भर्ना

५) वीरगञ्जमा लगातार ३ पटक आरडिटी टेष्ट पोजिटिभ देखिएकी युवतीको मृत्यु

६) वीरगञ्जमा मृत्यु भएकी युवतीको पीसीआर टेष्ट नेगेटिभ

प्रकाशित मिति: : 2020-04-26 19:17:35

प्रतिकृया दिनुहोस्