मध्यपुरथिमि ७ नम्बर वडाले सामूहिक मेसमा खाना खुवाउँदै

निरज बाडे

भक्तपुर

मध्यपुरथिमि नगरपालिका ७ नम्बर वडा कार्यालयले सामूहिक मेसमा खाना खुवाउ थालेको छ।  

अति विपन्न र पैदलयाहरुलाई सिद्धिकालीस्थित शुभश्री बैंक्वेटमा मंगलबारदेखि सामूहिक मेसमा खाना खुवाउन थालिएको वडा अध्यक्ष कृष्णकुमार प्रजापतिले बिएल नेपाली सेवालाई जानकारी दिए। 

‘जनताको सबै भन्दा नजिकको सरकार स्थानीय सरकार भएकाले सबैको पीडा बुझेर वडा कार्यालयले सामूहिक रुपमा खाना खुवाउने निर्णय गरेका हौं,’उनले भने,‘ पहिलो दिन ८६२ प्याकेटमा खान बितरण गरेका छौं।’

पहिलो चरणमा लकडाउनले बिहान बेलुका छाक टार्न समस्या भएका ७ सय भन्दा बढी परिवारलाई वडाले राहत वितरण गरिएकने पनि अध्यक्ष प्रजापतीले जानकारी दिए । 

नगदेशका स्थानिय महिलाहरुले खाना बनाउन साँझबिहान खटिरहेको र पहिलो चरणको राहत वितरण देखिनै सक्रिय रहेका नगदेशस्थित ‘परिवतनका लागि युवा समाज’का युवाहरु निकै सक्रयता रहेकाे भन्दै उनले प्रशंसासमेत गरे।

यस्तै स्थानिय किरण बाडेले १० बाेरा चामल ,रुद्र प्रघानाङ्गले १० हजार नगद आर्थिक सहयोग गरेका छन्। उक्त सहयोग मध्यपुरथिमि नगर प्रमुख मदनसुन्दर श्रेष्ठलाई हस्तान्तरण गरिएको हो।


 

प्रकाशित मिति: : 2020-04-29 17:29:59

प्रतिकृया दिनुहोस्