लकडाउनले नछेकेको ‘स्वास्थ्यका लागि खेलकुद’

देखापढी

काठमाडौँ

सुजन श्रेष्ठ

 ‘स्वास्थ्यका लागि खेलकुद, राष्‍ट्रका लागि खेलकुद’- राष्‍ट्रिय खेलकूद परिषद्ले दिएको नारा हो यो । तर कोभिड-१९ को महामारी फैलिएसँगै ‘राष्‍ट्रको लागि खेलकुद’ ठप्प छ । ‘स्वास्थ्यको लागि खेलकुद’ले भने निरन्तरता पाइरहेको छ।

खेल क्षेत्रमा औपचारिक रुपले समर्पित खेलाडी र प्रशिक्षकमात्र होइन लकडाउनको समयमा घरमै व्यायाम गर्नेको संख्या बढ्दो छ । खेलाडी र प्रशिक्षक यो अभ्यासमा छुट्ने कुरै भएन । लकडाउनका कारण नियमित दैनिकीमा परिवर्तन आए पनि उनीहरुको शारीरिक अभ्यासमा भने कुनै फेरबदल आएको छैन ।

फुटबल विज्ञ तथा अखिल नेपाल फुटबल संघ (एन्फा) लिग कमिटीका निर्देशक सञ्‍जिव मिश्रको दैनिकी लकडाउन पहिले ‘मर्निङ वाक’बाट शुरू हुन्थ्यो। लकडाउनका कारण घरबाहिर मर्निङ वाक रोकिए पनि उनले रोकेका छैनन् । अचेल घरकै छतमा दौडिने र व्याया

प्रकाशित मिति: : 2020-05-01 08:14:30

प्रतिकृया दिनुहोस्