हर्सल गिब्सले कीर्तिमानी ब्याट लिलाम गर्ने

एजेन्सी

जाेहनेसवर्ग

दक्षिण अफ्रिकाका पूर्व स्टार ब्याट्सम्यान हर्सल गिब्सले कोभिड–१९ को महामारीविरूद्ध लड्न धनराषी जुटाउने अभियान सुरु गरेका छन्। यसका लागि उनले आफ्नो ‘लक्की’ ब्याट लिलामी गर्ने निर्णयमा पुगेका छन्। एकदिवसीय क्रिकेटको इतिहासमा

सबैभन्दा ठूलो लक्ष्यलाई पछ्याउँदा कीर्तिमान बनाएका गिब्सले त्यो खेलमा प्रयोग गरेको ब्याट लिलाम गर्न लागेका हुन्। 

सन् २००६ मा अस्ट्रेलियाविरूद्ध उनले १ सय ७५ रनको बिस्फोटक ब्याटिङ गरेका थिए। उनको यही प्रदर्शनको आधारमा अफ्रिका विजयी भएको थियो।४६ वषृका गिब्सले ट्वीटमार्फत जानकारी दिँदै भने, ‘कोभिड–१९ कोषका लागि म यही ब्याट लिलाम गर्दैछु। मैले यसलाई अहिलेसम्म सुरक्षित राखेको थिए।’

अस्ट्रेलियाविरूद्ध पाँच खेलको शृंखलाअन्तर्गत निर्णायक खेलमा अन्तिम बल बाँकी हुँदा अफ्रिकाले ९ विकेटको क्षतिमा ४ सय ३८ रन बनाएर विजेता बनेको थियो। 

अस्ट्रेलियाले पहिलो ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा ४ सय ३४ रन बनाएको थियो।  

गिब्सले १ सय ११ बलमा २७ चौका र ७ छक्काको सहयोगले १ सय ७५ रन बनाएका थिए। गिब्सले कप्तान ग्रीम स्मिथसँग मिलेर दोस्रो विकेटका लागि कूल १ सय ८७ रनको साझेदारी गरेका थिए। यस्तै, एबि डीभिलियर्ससँग मिलेर तेस्रो विकेटका लागि ९४ रनको साझेदारी गरेका थिए। 

अस्ट्रेलियाका कप्तान रिकी पोन्टिङले यो खेलमा १ सय ५ बलमा १ सय ६४ रन बनाएका थिए। खेल हारे पनि पोन्टिङलाई ‘प्लेयर अफ दि म्याच’ घोषित गरिएको थियो। 


 

प्रकाशित मिति: : 2020-05-02 10:58:42

प्रतिकृया दिनुहोस्