महामारीको पीडामा मल्हम लगाउँदैछन् खेलाडीहरू

देखापढी

काठमाडौँ

सुजन श्रेष्ठ

कोभिड-१९ महामारीका कारण निम्न आय भएका आम मानिसको दैनिक जीवन संकटमा परेको छ। दैनिक आम्दानीका स्रोत बन्द भएपछि उनीहरू बेखर्ची बनेका छन्।

अन्तर्राष्ट्रिय श्रम संगठनले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वभर कोभिड-१९ का कारण अनौपचारिक क्षेत्रमा कार्यरत एक अर्ब ६० करोड मानिसले रोजगारी गुमाएका छन्।

नेपालमै पनि दैनिक रोजगारीको बाटो बन्द भएपछि आप्रवासी कामदारले पैदलै पैदल घरसम्मको सयौं किलोमिटर यात्रा गरे।

त्यसरी घर गइरहेकाहरूलाई विभिन्न मानिस र संस्थाले सहयोग गरिरहेका छन्। तीमध्ये खेलाडीहरू पनि छन्। त्यसो त विकसित देशमा जस्तो नेपालका खेलाडीको जीवनस्तर आफैमा समृद्ध छैन।

कतिपय अवस्थामा उनीहरू नै बेखर्ची हुन्छन्। तर पनि संकटको अवस्थामा विभिन्न खेलाडीले जतिसक्दो सहयोग गरिरहेका छन्। तीमध्ये एक हुन्, मन्डेकाजी श्रेष्ठ।

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेतर्फ दुई स्वर्ण पदक जितेका मन्डेकाजीले लकडाउनका कारण समस्यामा परेकालाई खाना खुवाउने तथा अन्य आवश्यक सामग्री सहयोग गरेका छन्। पैदलै पैदल घर गइरहेका कामदारलाई उनले खाजा/खाना र जुत्ता, चप्पलको व्यवस्था गरिदिएँ।

प्रकाशित मिति: : 2020-05-03 08:33:08

प्रतिकृया दिनुहोस्