लिगका बाँकी ९२ खेल खेल्न इंग्लिस क्लबहरु तयार

बिएल संवाददाता

काठमाडाै‌ं

लिगका बाँकी खेल खेल्नका लागि आफूहरु तयार रहेको इंग्लिस प्रिमियर लिग फुटबलका केही क्लबहरुले बताएका छन्।

कोरोना भाइरसको महामारीका कारण ९२ खेल रोकिएका छन्।

शीर्ष लिगका क्लबहरु अधिकतम १० सम्म न्यूट्रल भेन्यूमा खेल् तयार छन्। तर न्यूट्रल भेन्यूमा खेल्दा लिगको इमानदारीतामा असर पर्ने भएकाले रेलिगेशनको जोखिम हटाइनु पर्ने अंक तालिकामा पुछारतिर रहेका क्लबहरुले बताएका छन्।

ब्राइटनसहितका पुछारतिर रहेका क्लबहरुले रेलिगेशनको जोखिमसहित न्यूट्रल भेन्यूमा खेल्नु उपयुक्त नहुने बताएका छन्।

इंग्लिस प्रिमियर लिगका खेलहरु गएको मार्च १३ देखि रोकिएका छन्।

प्रकाशित मिति: : 2020-05-04 06:32:53

प्रतिकृया दिनुहोस्