‘कसैलाई काठमाडौं छिर्न नदिऔं, आन्तरिक लकडाउन खुकुल्याऔं’

विद्यासुन्दर शाक्यको प्रस्ताव :

अनलाइनखबर

काठमाडौं

२४ वैशाख, काठमाडौं । लकडाउनको व्यवस्थापन गर्न सबैभन्दा गाह्रो ठाउँ संघीय राजधानी काठमाडौं हो । लकडाउन भनिएता पनि यहाँबाट मानिसहरु बाहिर जाने र बाहिरका मानिस काठमाडौं भित्रिने क्रम रोकिएको छैन । अहिलेसम्म यहाँ कोरोनाको जोखिम ह्वात्तै बढिहालेको छैन । तर, बढ्यो भने सम्हाल्न सजिलो छैन ।

करीब डेढ महिनायता उपत्यकामा व्यापार व्यवसाय ठप्प छन् । उद्योगधन्दा र विद्यालयहरु बन्द छन् । तैपनि यहाँबाट मानिसहरु गाडीमा हालेर बाहिर पठाउने र बाहिरका मान्छेलाई बसमा हालेर काठमाडौं पठाउने काम सरकारी पक्षबाटै भएको छ । आन्तरिक गतिविधि बन्द गर्ने तर नाकाबाट मानिसहरु भित्रिइरहने अवस्थाप्रति उपत्यकाका स्थानीय सरकारहरु चिन्तित देखिन्छन् । काठमाडौंमा कोरोना फैलियो भने सम्हाल्न गाह्रो पर्ने स्थानीय सरकारका प्रमुख बताउँछन् ।

प्रकाशित मिति: : 2020-05-06 12:32:02

प्रतिकृया दिनुहोस्