जर्मन बुण्डेस लिगाको बाँकी खेलहरु मे १६ देखि सुरु हुने

बिएल संवाददाता

काठमाडाै‌ं

जर्मन बुण्डेस लिगा फुटबलको यो सिजनका बाँकी खेलहरु मे १६ देखि सुरु हुने भएका छन् । जर्मन चान्सलर आङ्गेला म्यार्केलले लिगका बाँकी खेल यहि महिना अर्थात मे भित्रै सुरु हुने पुष्टि गरेकी हुन् ।

कोरोना भाइरसको महामारीका कारण विश्वका अधिकांश खेल गतिविधि रोकिएका छन् । बुण्डेस लिगा पुनः सुरु हुने युरोपको पहिलो प्रमुख लिग बन्ने भएको छ । तर दर्शकको उपस्थिति बिना लिगका बाँकी खेलहरु हुने भएका हुन् ।

 सम्पूर्ण स्वास्थ्य सावधानीका साथ खेलहरु सुरु गरिने जर्मन फुटबल एसोसिएशनले जनाएको छ ।

मे १६ मा हुने खेलहरु मध्ये शाल्के र बोरुसिया डर्टमुण्डबिचको डर्बी पनि हो । चार अंकको अग्रतासहित लिगको शीर्ष स्थानमा रहेको बार्यन म्युनिखले मे १७ मा युनियन बर्लिनसँग खेल्ने छ ।

लिगमा अधिकांश टिमले ९ खेल खेल्न बाँकी छ । लिगको यो सिजनका अन्तिम खेलहरु जुन २७ र २८ मा हुने छन् । लिगका ९ खेल बाँकी हुँदा बार्यन म्युनिख दोस्रो स्थानको बोरुसिया डर्टमुण्ड भन्दा चार अंकले अघि रहँदै शीर्ष स्थानमा छ ।

प्रकाशित मिति: : 2020-05-08 06:31:23

प्रतिकृया दिनुहोस्