फ्रेन्च लिग वान फुटबलबाट रेलिगेशनमा परेको एमिएन्सले कानूनी उपचारको बाटो रोजेको छ।
कोरोना भाइरसको महामारीका कारण उत्पन्न संकटकाबिच बाँकी खेल पूरा नगरी लिग वानको यो सिजन टुंगिएको घोषणा गरिएको थियो।
क्लबका अध्यक्ष बर्नार्ड जोएनिनले १० खेल खेल्न बाँकी हुँदा आफूलाई रेलिगेशनमा पार्नु अन्याय भएको भन्दै एमिएन्सले कानूनी उपचार खोज्न थालेको बताए। उनले अपारदर्शी निर्णयविरुद्ध लड्ने बताएका छन्। आफूहरुलाई कानूनी उपचारको बाटो खोज्न बाध्य पारिएको उनले बताए।
यो महिनाको सुरुमा एमिएन्सले यो सिजन दुई क्लबलाई रेलिगेशनमा नपारी आउँदो सिजन लिग वानमा २० को सट्टा २२ क्लबलाई खेलाउन आग्रह गर्दै लिगको प्रशासकीय निकाय लिग डी फुटबल प्रोफेसनललाई आग्रह गर्दै पेटेशन सुरु गरेको थियो। त्यसमा लिग टू बाट बढुवा भएका लोरिएन्ट र लेन्स पनि सामेल थिए।
शीर्ष स्थानमा रहेको पेरिस सेन्ट–जर्मेन (पिएसजी) लिग विजेता बन्यो। एमिएन्स र टुलुज रेलिगेशनमा परे। १९ औँ स्थानको एमिएन्स १८ औँ स्थानको निमेस भन्दा चार अंकले पछि थियो र पुछारको टुलुज भन्दा १० अंकले अघि थियो। उसले अझै १० खेल खेल्न बाँकी थियो।