भक्तपुर बस्ने कोरोना संक्रमित युवतीको साथीको रिपोर्ट नेगेटिभ

निरज बाडे

भक्तपुर

मध्यपुरथिमिमा बस्ने कोरोना भाइरस संक्रमित युवतीको साथीको रिपोर्ट नेगेटिभ आएको छ।

मंगलबार  संक्रमण पुष्टि भएकी सुनसरीको झुम्काकी २५ वर्षीय युवतीमा कोरोना पोजिटिभ देखिएपछि उनको साथीलाई बुधबार भक्तपुर अस्पतालको आइसोलेसन वार्डमा राखि स्वाब परीक्षणका लागि टेकु अस्पतालमा पठाइएको थियो।

तर स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले पुष्टि गरिन्।

उनका अनुसार उनकाे साथिमा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएसँगै स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाइएकाे थियाे।

‘बुधबार नै उहाँको स्वाब संकलन गरिउको थियो। तर आज परीक्षण गरिएका स्वाबको रिपोर्ट नेगेटिभ देखिएको छ,’उनले भनिन्।

संक्रमित युवतीको साथीलाई २१ दिन क्वारेन्टाइनमा राखिने भक्तपुर अस्पतालले जनाएको छ।

प्रकाशित मिति: : 2020-05-14 13:44:06

प्रतिकृया दिनुहोस्