किन बेहाल सरकारी अस्पताल ?

अनलाइनखबर

काठमाडौँ

डा. वालकृष्ण शाह

बिगतका दशकमा जनसंख्याको बृद्धि कति भयो ? २०४८ साल पछि मात्र हेर्ने हो भने करिब ३ गुणाले बृद्धि भएको छ । जनसंख्या मात्र बृद्धि भएको छैन, आधुनिक चिकित्सा पद्धतीतर्फ आर्कषण पनि उत्ति नै बढेको छ ।

तर, जुन हिसाबले जनसंख्या बढेको छ त्यस अनुपातमा अस्पतालको संख्या, क्षमता, र सुबिधा विस्तार भएको छैन । निजी अस्पतालहरु थपिए, हेलिप्याड सहितका अस्पतालहरु बने । मेडिकल कलेज र तिनका शिक्षण अस्पताल पनि बने । तर, सर्वसाधरणको पहुँच बहिरका कुरा हुन् यी । सामान्य आयआर्जन भएकाहरु निजी अस्पतालमा उपचार गर्न सक्दैनन् । नेता–मन्त्री, उद्यमी, व्यापारी एवं संभ्रान्तहरुले जस्तो आँखा चिम्लेर उपचारमा खर्च गर्न सक्ने नेपालीको संख्या एकदमै न्युन छ । त्यसैले उनीहरु उपचारका लागि सस्तो ठाउँको खोजीमा हुन्छन् । केही हदसम्म सरकारी अस्पताल एवं स्वास्थ्य केन्द्रहरुले सर्वसाधरणलाई भरथेग गरिरहेको छ ।

प्रकाशित मिति: : 2020-05-17 07:48:19

प्रतिकृया दिनुहोस्