किन बनाइन्छ महिलालाई हेपेर ट्रोल ?

देखापढी

काठमाडौँ

सुनीता साखकर्मी

५ वैशाखमा फेसबुक पेज ‘ट्रोल मास्टर’ले एउटा तस्वीर पोस्ट गर्‍यो। तस्वीरमा केही युवतीहरू थिए। उनीहरू पोस्टर देखाउँदै लजाइरहेका जस्ता देखिन्थे। उनीहरूले देखाइरहेको पोस्टरमा लेखिएको थियो, ‘बलात्कार गर, तर कण्डमको प्रयोग गर।’ 

सोही फेसबुक पेजले २२ चैतमा पोस्ट गरेको अर्काे तस्वीरमा एकजना युवतीको अनुहारमा झुस्स दाह्री आएको देखाइएको थियो। फोटोसपबाट परिवर्तन गरिएको त्यो तस्वीरमा लेखिएको थियो, ‘क्वारेन्टाइनको १२ औं दिन, केटीहरू यस्ता देखिन थाले।’ 

४ जेठमा सोही पोस्ट ट्रोल अर्को फेसबुक पेज ‘खैरेनी’मा सेयर भयो तर, क्याप्सन फेरेर। लेखिएको थियो, ‘मेन्सन बाहुनी गर्ल्स’। 

उक्त पोस्टमा थुप्रै व्यक्तिले आफ्ना बाहुन जातिका केटी साथीहरूलाई धमाधम मेन्सन गरेका छन्। 

यसरी नै महिलालाई हँसीमजाकको पात्र बनाइँदै भद्दा मजाक गरिएका ‘ट्रोल’हरू सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भेटिन्छन्। 

प्रकाशित मिति: : 2020-05-20 20:40:07

प्रतिकृया दिनुहोस्