पीसीआर परीक्षणमा मनपरी : नेता आँ गर्ने, जनता ट्वाँ !

कलंकीमा संक्रमित भेटिए, माननीय लाग्दा पनि घरधनीको परीक्षण भएन

अनलाइनखबर

काठमाडाै‌ं

ठूला नेता र भीआइपीहरु बस्ने काठमाडौं शहरमा पीसीआर किटको दुरुपयोग बढिरहेको तर कपिलवस्तु लगायत दूरवर्ती गाउँहरुमा हाहाकार मच्चिएको गुनासो बढेको छ ।

पहुँचवालाहरुको जाँच सजिलै हुने, सामान्य नागरिकले चाहिँ आवश्यक पर्दा पनि बेलैमा कोरोना परीक्षण गर्न नपाउने विभेदपूर्ण स्थिति देखा पर्न थालेको छ । र, यो विभेदकारी व्यवहारको सुरुवात ठूला नेता, मन्त्री र सांसदबाटै भएको छ ।

पीसीआर किटको अभाव वा दुरुपयोगका सन्दर्भमा चर्चा गर्नुभन्दा पहिले काठमाडौं, कलंकीको एउटा ‘ट्रेजेडी’ को चर्चा गरौं ।

सरकारले गत चैत ११ देखि लकडाउन घोषणा गरेको सुन्नेवित्तिकै काठमाडौं–१४ स्थित कलंकी, वीपीमार्गमा डेरा गरी बस्ने एक दम्पती गाडी चढेर काठमाडौंबाट बाहिरिए । काठमाडौं छाडेर बाहिरिने हुलमुलमै उनीहरु हुर्रिएर घर पुगे । नवलपरासीमा माइती–ससुरालीको मेजमानी खान पनि भ्याए ।

काठमाडौंमा श्रीमान–श्रीमती दुबैको प्राइभेट कम्पनीमा जागिर थियो । लकडाउन लम्बिँदै गयो । अब गाउँमा के गरेर बस्ने ? उनीहरुलाई काठमाडौं फर्कन हुटहुटी भयो । र, गाउँ फर्केको करिब डेढ महिनापछि उनीहरु वैशाख २९ गते लकडाउनको घेरा तोडेर नवलपरासीबाट कलंकीस्थित डेरामा आइपुगे ।

कलंकी, वीपीमार्गस्थित घरको तल्लो तलामा उनीहरुको डेरा छ । सो तलामा अर्को परिवार पनि भाडामा बस्छ । त्यो परिवार लकडाउनमा गाउँ नगई कोठामै खुम्चिएर बसेको छ ।

डेरामा बस्ने सबैले प्रयोग गर्ने इनार एउटै छ । माथ्लो तलामा घरधनी बस्छन्, जहाँ बच्चादेखि ८० वर्षकी हजुरआमासम्म छन् ।

प्रकाशित मिति: : 2020-05-21 22:26:40

प्रतिकृया दिनुहोस्