दिल्लीमा तातो हावाकाे प्रभाव, तापक्रम ४५ डिग्री माथि

दिल्लीमा तातो हावाकाे प्रभाव, तापक्रम ४५ डिग्री माथि

भारतको राजधानी नयाँ दिल्लीमा गर्मीले रेकर्ड ताेड्न थालेकाे छ। शुक्रबार दिल्लीले सबैभन्दा बढी गर्मीकाे रेकर्ड कायम गरेकाे थियाे

दिल्लीमा अधिकतम तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि थियाे। यसरी गर्मी बढ्दा सर्वसाधरणहरु चिन्तित भएका छन्।

राजधानीको औसत तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएकाे छ, जुन सामान्यभन्दा बढी छ। 

मौसम विभागका अनुसार उत्तर-पश्चिमबाट आएकाे ताताे हावाकाे प्रभाव दिल्लीमा परेकाे हाे।

मौसम विभागकाे तथ्यांकका अनुसार पालममा ४५.४ डिग्री सेल्सियस तापक्रम मापन गरिएकाे छ।

विभागका अनुसार शनिबार र आइतबार हल्का बर्षा हुन सक्छ। तर यस पछि चर्को घामको सामना गर्नुपर्नेछ।

प्रकाशित मिति: May 23, 2020 08:54:50

प्रतिक्रिया दिनुहोस