मुम्बईकाे सडकमा वृद्धकाे हृदयविदारक मृत्यु: न एम्बुलेन्स आयाे, न उपचार पाए (भिडियाे)

मुम्बईकाे सडकमा वृद्धकाे हृदयविदारक मृत्यु: न एम्बुलेन्स आयाे, न उपचार पाए (भिडियाे)

मुम्बईको सडकमा एक वृद्धले समयमै एम्बुलेन्स नपाउँदा मृत्युवरण गर्नु परेको छ।

यो घटना दहीसर क्षेत्रमा शुक्रबार घटेकाे हो। भाजपा नेता किरीट सौम्याले सेयर गरेको भिडियोमा एक वृद्ध मानिस भित्तामा अडेस लागेर बसिरहेको देखाउँदछ। उनलाई सास फेर्न समस्या भएको देखिन्छ। उक्त व्यक्ति छटपटाउँछन्। 

किरीटले ट्वीटरमा लेखेका थिए, ‘दहीसरको शान्ति नगरमा सडकमा दुई जना मानिस मरे। उनले न त एउटा एम्बुलेन्स प्राप्त गरे, न उपचार। एक प्रहरीलाई सास फेर्न समस्या भयो। बिहान ११.३० बजे, पुलिस र बीएमसीलाई जानकारी गराइयो र मद्दत खोजियो। यी व्यक्ति साँझ ३.३० मा मरे।’ पुलिस र बीएमसीले घटनाको पुष्टि गरेको छ।

केही दिन अघि पुणेमा पनि एक वृद्धलाई एम्बुलेन्स लिन आएन। उनले पनि समयमै उपचार लिन सकेनन्। उनको मृत्यु सडकको कुर्सीमा बसिरहेको बेला भयो।

केही दिन अगाडि पुणेको नानापेठ क्षेत्रमा एक वृद्धको मृत्यु भयो। उनले पनि न एम्बुलेन्स पाए न उपचार। उनमा छातीको समस्या थियो। वृद्ध व्यक्ति जुन एरियामा बस्थे त्यो ठाउँ कोरोना भाइरसको हटस्पट थियो। यस्तो अवस्थामा एम्बुलेन्स आउन मानेन। यता कुनै अटो ड्राइभरले पनि उनलाई अस्पतालमा लैजान सहयोग गरेनन्।

यसअघि बीजेपी नेता नितेश राणेले मुम्बईको सियोन अस्पतालको एक भिडियो सेयर गरेका थिए। भिडियोमा यो स्पष्ट थियो कारोना भाइरसबाट मृत्यु भएको व्यक्तिको शव बिरामीहरुको बीचमा राखिएको थियो। 

उक्त शवकाे केही भाग कपडाले छोपेका थियाे भने केही कम्बलले छोपेका थिए। जब यो बिषयले देशभर चर्चा पायो तब सरकारले छानबिनको लागि आदेश दियो। यो भनिन्छ उनलाई कश्मिरबाट रेफर गरिएको बेवास्ता गरिएको हो।

प्रकाशित मिति: May 23, 2020 19:59:08

प्रतिक्रिया दिनुहोस