गुगलले प्रत्येक कर्मचारीलाई १ लाख डलर भत्ता दिने

गुगलले आफ्ना सबै कार्यालयहरू ६ जुलाईदेखि खोल्ने भएको छ। गुगलले विश्वव्यापी रूपमा रहेका आफ्ना प्रत्येक कर्मचारीलाई १ लाख डलर दिने पनि घोषणा गरेको छ। 

गुगलले यो रकम कामदारहरूलाई घरबाट काम गर्दा आवश्यक पर्ने उपकरण खरिदमा हुने खर्चको लागि दिएको हो।

अल्फाबेट र गुगलका सीईओ सुन्दर पिचाईले भने,‘कम्पनीले ६ जुलाईदेखि धेरै शहरमा कार्यालयहरू खोल्ने छ। यस अवधिमा कर्मचारीहरूको सीमित संख्यामा राखिने छ।’

परिस्थिति अनुसार रोटेसनका आधारमा कर्मचारीहरु कार्यलय आउने सक्ने उनले बताए।

सीईओ पिचाईले भने, ‘हामी कर्मचारीहरूले यस वर्षको बाँकी काम घरबाट व्यापक रूपमा काम गर्ने आशा गर्दछौं। यस्तो अवस्थामा हामी प्रत्येक कर्मचारीलाई आवश्यक उपकरण र फर्निचर खर्च वा उनीहरूको देश अनुसार  १ लाख डलर बराबरको भत्ता दिनेछौं।’

प्रकाशित मिति: : 2020-05-28 22:56:25

प्रतिकृया दिनुहोस्