कर बढ्दै गरेका २ सयभन्दा बढी इलेक्ट्रिक कार बजेटअघि नै भित्रिए, कहाँबाट चुहियो सूचना?

नेपाल लाइभ

काठमाडौँ

शिव बोहरा

 सरकारले बिहीबार संघीय संसदमा पेस गरेको आर्थिक वर्ष २०७७/७८ को बजेटमा सवारी साधनमा लाग्दै आएको करको दरमा केही परिमार्जन भएको छ। निजी प्रयोजनमा प्रयोग हुने सवारी साधनलाई सरकारले विलासी साधनकै रुपमा लिएर करको दर बढाएको हो। 

वातावरणमैत्री र भविष्यको सवारीसाधनको रूपमा लिइएको इलेक्ट्रिक सवारीलाई सरकारले चालु आवसम्म सामान्य दरमा नै कर लगाउँदै आएको थियो। आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेट र त्योसँगै आएको आर्थिक विधेयकमार्फत विद्युतीय सवारीमा लाग्ने करमा भने व्यापक संशोधन भएको छ। सरकारले करको दर वृद्धि गरेको छ। 

प्रकाशित मिति: : 2020-05-29 15:37:25

प्रतिकृया दिनुहोस्