भारतबाट फर्किएका रंगेलीका दुई जनामा काेराेना संक्रमण

मोरङको रंगेली नगरपालिकाका २ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। बुधबार कोशी अस्पताल, विराटनगरको प्रयोगशालामा गरिएकाे परीक्षणमा २ जनामा संक्रमण पुष्टि भएको हो । 

संक्रमण पुष्टि भएकाहरु भारतको नब्बेपुरा भन्ने स्थानबाट आएका हुन्। १४ जेठमा आइपुगेका संक्रमितलाई जनता क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो ।

१५ गते स्वाब संकलन गरी पठाएकोमा बुधबार पोजिटिभ रिपोर्ट आएको नगरपालिकाका प्रमुख मेयर दिलिप बगडियाले बिएल नेपाली सेवालाई जानकारी दिए ।  

उनीहरु मध्ये धनपालथान गाउँपालिकाका ५ र रतुवामाई नगरपालिकाका ४  र रंगेलीका ८ जनासँगै आएका थिए।

नगरपालिकामा १०९ जनाको पीसीआर परीक्षण गर्दा रंगेलीका ८ जना मध्ये २ जनामा संक्रमण पुष्टि भएको र बाँकी ६ को रिपोर्ट नेगेटिभ आएको मेयर वगडियाले जानकारी दिए।

प्रकाशित मिति: : 2020-06-03 17:46:27

प्रतिकृया दिनुहोस्