प्रधानमन्त्री ओलीको ‘विशेष दूत’ बनेर बाँस्कोटा भारतीय राजदूत भेट्न सुटुक्क लैनचौरमा

काठमाडौंप्रेस

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीको ‘विषेश दूत’ बनेर पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भारतीय राजदूत विनयमोहन क्वात्रासँग भेट गरेका छन्।

गत आइतबार साँझ बाँस्कोटा भारतीय राजदूतसँग भेट गर्न लैनचौरस्थित दूतावासमा गएको स्रोतको दाबी छ। स्रोतका अनुसार आइतबार साँझ ७ बजेर १० मिनेटमा दूतावासभित्र प्रवेश गरेका बाँस्कोटा साढे आठ बजेतिर मात्रै त्यहाँबाट बाहिरिएका थिए।

बाँस्कोटा र भातीय राजदूतबीच राजदूतको निवास ‘इन्डिया हाउस’मा छलफल भएको थियो। सुरुमा भारतीय दूतावासका केही कर्मचारीसहित सामूहिक छलफलपछि बाँस्कोटा र राजदूत क्वात्राबीच मात्रै एक घण्टा एक्लाएक्लै छलफल भएको थियो।

प्रकाशित मिति: : 2020-06-05 08:14:36

प्रतिकृया दिनुहोस्