कर्णालीमा संक्रमितको संख्या ५८७, थपिए ९८

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय ८७ पुगेको छ। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार शनिबार मात्र ९८ थपिएपछि संक्रमितको संख्या ५ सय ८७ पुगेको हो। 

प्रदेश अस्पताल सुर्खेतमा गरिएको पीसीआर परीक्षणकाे रिपोर्ट अनुसार सल्यानमा ३८, सुर्खेतमा ९, जाजरकोटमा ४ र दैलेखमा ३ गरि ५४ जनामा कोरोना पुष्टि भएको हो। 

यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणकाे रिपोर्ट अनुसार दैलेखमा ४३ र डोल्पामा १ जना गरी कुल ४४ जनामा कोरोना पृष्टि भएको हो।

मन्त्रालयको तथ्यांक अनुसार दैलेखमा ४६ जना थपिएका छन्। दैलेख कर्णाली प्रदेशको कोरोना ‘ईपीसेन्टर’ बन्दै गएको छ। 

डोल्पाको जगदुल्ला गाउँपालिका ३ का ५८ वर्षीय बृद्धको मृत्यु भइसकेको छ। उनीसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन जना पुगेको छ। जसमा सुर्खेत, दैलेख र डोल्पामा एक/एक जना रहेका छन्। 

कर्णालीमा अधिकांश संक्रमित छिमेकी मुलुक भारतबाट फर्किएका छन्।

प्रकाशित मिति: : 2020-06-06 17:41:39

प्रतिकृया दिनुहोस्