सुकिला–मुकिला बच्चामा रोगको खतरा ?

अनलाइनखबर

काठमाडौँ

हामीलाई लाग्छ, बालबच्चालाई हिलो–मैलोबाट अलग राखेमा उनीहरु स्वस्थ एवं निरोगी हुन्छन् । त्यही कारण उनीहरुलाई माटोमा खेल्न, पानीमा भिज्न, हिलोमा लडीबुडी गर्न छुट दिदैनौं । फोहोर–मैलाको सम्पर्कमा जान दिदैनौं । सफासुग्घर वा सुकिलो मुकिलो राखेपछि उनीहरु निरोगी हुन्छन् भन्ने लाग्छ ।

तर, उदेगलाग्दो कुरा के छ भने यसरी घरभित्र सुकिला मुकिला बनाएर राखिएका बालबच्चामा रोगको खतरा बढी हुन्छ । उनीहरुलाई सानोतिनो रोगले समेत सहजै गाँज्न सक्छ । उनीहरुको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । यसैको नतिजा हो, अहिले धनाड्य वर्गका बालबच्चाहरुमा रक्त क्यान्सर बढी देखिएको । फोहोर मैला वा धुलो माटोबाट अलग गरी सुकिलोमुकिलो बनाएर हुर्काइएको बच्चाहरुमा यस्तो रोगको जोखिम देखिएको हो ।

प्रकाशित मिति: : 2020-06-08 09:00:31

प्रतिकृया दिनुहोस्