भक्तपुर अस्पतालमा मृत्यु भएकी सुत्केरीको पीसीआर रिपोर्ट नेगेटिभ

निरज बाडे

भक्तपुर

 भक्तपुर अस्पतालमा मृत्यु भएकी सुत्केरीको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।

आइतबार राति छोरालाई जन्म दिएपछि सिन्धुपाल्चोकको लिसंखु गाउँपालिका ३ घर भई हाल चाँगुनारायण नगरपालिका बस्दै आएकी ३६ वर्षीया महिलाको मृत्यु भएको थियो।

उनको मृत्यु भएपछि स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएको थियो। अस्पतालले आरडीटी टेस्ट गरेको थियो। आरडीटी टेस्टको रिपोर्ट पोजेटिभ आएपछि अस्पतालले पीसीआर परीक्षणका लागि पठाएको हो। भक्तपुर अस्पतालका अनुसार उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ।

अस्पताल आउँदा नै महिलामा खोकी, श्वासप्रश्वासमा समस्या देखिएको र स्वास्थ्य परीक्षण गर्दा उनको छातीमा समेत खराबी देखिएको अस्पतालले जनाएको छ। डेलिभरी पश्चात अचानक उनमा श्वासप्रश्वासमा समस्या देखिन गई शरीरमा अक्सिजनको मात्रा कम भएर उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार मृतकका आफन्त र उनको उपचारमा संलग्न चिकित्सकहरुलाई भक्तपुरस्थित खरिपाटी क्वारेन्टाइनमा राखिएको र पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी टेकु पठाइएको छ।

प्रकाशित मिति: : 2020-06-09 19:39:43

प्रतिकृया दिनुहोस्