इंग्लिस प्रिमियर लिग क्लब एभर्टनका खेलाडी तथा प्रशिक्षकसहितका पदाधिकारी तीन महिनाको परिश्रमिक कम लिन तयार भएका छन्।
कोरोना भाइरसको महामारीका कारण क्लबमा उत्पन्न भएको आर्थिक समस्यालाई मध्यनजर गरेर उनीहरुले स्वतन्त्र रुपमा अधिकतम ५० प्रतिशतसम्म कम पारिश्रमिक लिन तयार भएका हुन्
खेलाडीहरुले तीन महिनाको पारिश्रमिक ५० प्रतिशत मात्रै लिने भएका छन्। यस्तै प्रशिक्षक कार्लो एन्सिलोटी र उनका टिमका पदाधिकारीले ३० प्रतिशत पारिश्रमिक कटौती गर्ने भएका छन्।
खेलाडी तथा प्रशिक्षकको पछिल्लो निर्णयले क्लबका सबै कर्मचारीलाई महामारीका बेला पनि पारिश्रमिक दिन सकिएको र कसैको जागिर पनि नखोसिने अवस्था सिर्जना भएको क्लबले जनाएको छ।
एभर्टनका समर्थकहरुले यो सिजनको टिकट तथा सदस्यता बापतको रिफण्ड रकमबाट क्लबलाई चार लाख पाउण्ड सहयोग गरेका छन्।