ओल्मोकाे दुई गोलसँगै दोस्रो स्थानको होडमा लेइप्जिग बलियो, डर्टमुण्डसँगको अंकदुरी एकमा झार्‍याे

जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा आरबी लेइप्जिगले सहज जति हात पारेको छ।  

अवे मैदानमा भएको खेलमा होफेनहेममाथि लेइप्जिगले २–० जित दर्ता गरेको हो।  

लेइप्जिगका लागि दुवै गोल डानी ओल्मोले पहिलो हाफमा तीन मिनेटको अन्तरालमा गरेका हुन् ।

नवौँ मिनेटमा पहिलो गोल गरेका उनले ११ औँ मिनेटमा दोस्रो गोल गरी आरबीको जित अग्रता र अन्ततः जित निश्चित गरेका हुन् ।

जितसँगै दोस्रो स्थानका लागि चुनौति दिरहेको लेइप्जिगले बोरुसिया डर्टमुण्डसँगको अंकदुरी एकमा झारेको छ।

उसको ३१ खेलबाट ६२ अंक भएको छ । दोस्रो स्थानको बोरुसियाले एक खेल कम खेलेको छ र उसको ६३ अंक रहेको छ ।
 

प्रकाशित मिति: : 2020-06-13 06:28:44

प्रतिकृया दिनुहोस्