हालान्डकाे उत्कृष्ठ प्रदर्शनमा डर्टमुन्डकाे जित

बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा आरबी लाइप्जिगलाई पराजित गरेको छ। डर्टमुन्डले घरेलु टोलीमाथि २–० को सहज जित हात पारेको हो।

रेडबुल एरिना लाइप्जिगमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुबै गोल एर्लिङ ब्राउट हालान्डले गरे। 

हालान्डकोे ३०औं मिनेटमा गोलबाट डर्टमुन्डले १–० को अग्रता बनायो। हालान्डले जियोभानी रेनाको पासमा गोल गरेका थिए। 

The results has confirmed Dortmund as runners up to Bayern Munich in the Bundesliga

इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा हालान्डले अर्को गोल थप्दै डर्टमुन्डलाई २–० को सहज जित दिलाए। हालान्डले यसपटक जुलियन ब्रान्डको पासमा गोल गरेका थिए।

जितसँगै डर्टमुन्ड ३३ खेलबाट ६९ अंक जोड्दै दोस्रो स्थान पक्का गरेको छ। पराजित लाइप्जिग ६३ अंक जोडेर तेस्रो स्थानमा यथावत छ।  

प्रकाशित मिति: : 2020-06-21 05:27:39

प्रतिकृया दिनुहोस्