लेच्चेको घरेलु मैदानमा मिलानकाे सानदार जित

इटालियन सिरी ए अन्तर्गत सोमबार राति भएको खेलमा एसी मिलानले सानदार जित दर्ता गरेको छ।

लेच्चेको घरेलु मैदानमा भएको खेलमा मिलानले ४–१ को जित दर्ता गरेको हो।

खेलको २६ औं मिनेटमा सामु कास्टिलेजोको गोलमा मिलानले अग्रता लिएको थियो। उनले हाकान चाल्हा नोग्लुको पासलाई गोलमा परिणत गरे। 

घरेलु टोलीले ५४ औं मिनेटमा बराबरीमा गोल गर्‍यो।

म्याटीए ग्याबियाले खौमा बाबाकारलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए।

Image

जसलाई मारको मान्कोसुले गोल गर्दै खेल बराबर गरेका थिए।

त्सको एक मिनेटमै चाल्हानोग्लुले लामो दुरीबाट गरेको प्रहार रिबाउन्डमा जियाकोमो बोनाभेन्चुराले गोल गरे।

५७ औं मिनेटमा चाल्हानोग्लुको उत्कृष्ट थ्रु पासलाई  आन्टे रेबिचले मिलानको अग्रता दोब्बर पारे।

खेलको ७२ औं मिनेटमा  आन्द्रीए कोन्टिको पासलाई गोलमा परिणत गर्दै राफेल लिआओ गोल गरे र मिलानले फराकिलो जित हात पार्‍यो। 

यस जितसँगै एसी मिलान अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ। मिलानले २७ खेलमा ३९ अंक जोडेको छ। लेच्चे भने २७ खेलमा २५ अंकसहित १८ औं स्थानमा छ।

प्रकाशित मिति: : 2020-06-23 05:44:01

प्रतिकृया दिनुहोस्