लोकप्रिय टिकटकसहित ५९ चिनियाँ एपलाई भारत सरकारले बन्द गर्‍याे

भारत सरकारले लोकप्रिय टिकटकसहित ५९ चिनियाँ एपलाई प्रतिबन्ध लगाएकाे छ। 

सरकारले भारतको सार्वभौमिकता र अखण्डता, भारतको रक्षा, राज्यको सुरक्षा र सार्वजनिक आदेशको पूर्वाग्रहलाई ठेस पुर्‍याएकाे भन्दै उक्त निर्णय लिएकाे हाे। 

बन्द हुने टिकटकसहित हेलो, यूसी ब्राउजर, लाइकी र विच्याट लगायतका चर्चित एप छन्।

सूचना प्रविधि ऐन (आईटी ऐन) को धारा ए काे प्रावधान अन्तर्गत सूचना प्रविधि मन्त्रालय (जनताबाट सूचना पहुँच रोक्नको लागि प्रक्रिया र सुरक्षा) नियमावली, २००९ अनुसार उक्त एपहरु बन्द गरिएकाे जनाइएकाे छ।

यी हुन् बन्द भएका एपहरु 

प्रकाशित मिति: : 2020-06-29 21:34:14

प्रतिकृया दिनुहोस्