मेसीकाे ७०० औँ गाेलकाे काेशेढुङ्गा पार

अर्जेन्टिनी राष्ट्रिय फुटबल तथा क्याटलान क्लब बार्सिलोना कप्तान लिओनेल मेसीले करीअरमा ७ सय गोल पूरा गरेका छन्। 

मंगलबार एटलेटीकोविरुद्ध खेलमा गोल गर्दै मेसीले ७ सय गोल पूरा गरेका हुन्।

मेसीले खेलको ५० औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए। 

गत साता मात्र ३३ वर्ष पुगेका मेसीले ७ सय मध्ये ७० गोल अर्जेन्टिनाको जर्सीमा गरेका छन्। बार्सिलोनाका लागि भने उनले ६ सय ३० गोल गरेका छन्। 

हाल खेलिरहेका खेलाडीमा रोनाल्डोले मात्र मेसीलाई उछिनेका छन्। रोनाल्डोले १ हजार ३ खेल खेल्दै ७ सय २६ गोल गरेका छन्। उनले स्पोर्टिङ लिस्बन, म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र युभेन्ट्सबाट व्यावसायिक फुटबल खेलेका छन्।
 
यता मेसीले ८ सय ६० खेल खेल्दै यो उपलब्धि हासिल गरेका हुन्। रोनाल्डोले भने झन्डै १ सय खेल बढी खेल्दै यो कीर्तिमान आफ्नो नाम गरेका थिए।

प्रकाशित मिति: : 2020-07-01 06:31:52

प्रतिकृया दिनुहोस्